डा.अपर्णाको उपन्यास : फलेन, इन लभ

डा.अपर्णाको उपन्यास : फलेन, इन लभ
+
-

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा कार्यरत डर्माटोलोजिस्ट डा.अपर्णा कोइराला बस्नेतद्वारा लिखित ‘फलेन, इन लभ’ नामको उपन्यास सार्वजनिक भएको छ।

१० वर्षदेखि कार्यरत डा. बस्नेतले सात वर्षको अध्ययन, अनुसन्धान, अनुभव, भ्रमण र आफूसँग आउने जाँचका लागि आउने बिरामीसँगको अन्तर्क्रियाबाट उक्त उपन्यास निकाल्न सफल भएकी हुन्।

डा. बस्नेतले हजुरबुवा तारिणीप्रसाद कोइराला, बीपी कोइराला र आमा कल्पना बस्नेतबाट आफू प्रभावित भएको भन्दै आफूले बाल्यकालदेखिनै केही न केही लेख्न थालेको र त्यसले उपन्यासमा सहयोग गरेको बताइन्।

उक्त उपन्यास बुधबार डा. बस्नेतका बुवा लक्ष्मण लगायत परिवारका सदस्यहरुले संयुक्तरुपमा विमोचन गरेका छन्।

सन् २०१० देखि लेख्न थालेकी डा. बस्नेतले नेपाली महिलाको अहिलेको समाजप्रतिको दृष्टिकोण, जनयुद्धका बेला उनीहरुले व्यहोरेको कष्ट, बसाइसराइले परिवार र समाजलाई पारेको असर र देशभक्ति र मायालाई उपन्यासमा समावेश गरेकी छन्।

डा. बस्नेतले पुस्तकलाई रुचिकर बनाउन कतै न कतै मायालाई जोडिरहेको समेत खुलाइन्।

‘यो मल्टिडाइमेन्सन्स पुस्तक हो। यो पुस्तकले बालबालिका, महिला, पुरुष, वृद्धवृद्धा सबैको मनोविज्ञानलाई छोएको छ। आत्ध्यात्मिक, धार्मिक र सांस्कृतिक विषवस्तुलाई पनि समेटिएको छ’, डा. अपर्णाले आफ्नो पुस्तकबारे भनिन्। १० प्रतिशत सामाजिक कार्यमा लगाउने उनको योजनासमेत छ।

कुनै यस्तै कुरा छ जसले तपाईलाई उपन्यास लेख्न सहयोग गर्‍यो? भन्ने प्रश्नमा डा. बस्नेतले भनिन्, ‘बिरामी जाँचिरहेका बेला एक जना बृद्धा आमा र उनकी बुहारी निराश अवस्थामा देखे र के भयो भनेर सोध्दा ती आमाले सुनाएको आफ्नो कथाले मलाई लेख्न बाध्य बनायो’, डा.बस्नेतले भावुक बन्दै भनिन्।

डा. बस्नेतले आफ्नो उपन्यासबारे यो भिडियोबाट अझ प्रस्ट्याउने कोशिस गरेकी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?