करणी गरेको होइन भन्दै सिद्धबाबाले गरे पुनरावेदन

करणी गरेको होइन भन्दै सिद्धबाबाले गरे पुनरावेदन
+
-

काठमाडौँ – आफ्नै अनुयायीमाथि करणी आरोप लागेर सफाइ पाएका सिद्धबाबा कृष्णबहादुर गिरीले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन्।

विराटनगरस्थित उच्च अदालतका विराटनगरका सूचना अधिकारी ओम सुवेदीका अनुसार जिल्लाको फैसलामा भनिएजस्तो सहमतिमा करणी नभएको दाबीसहित गिरीले बिहीबार निवेदन दर्ता गराएका हुन्।

मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमतिमा करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो।

सो समय जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएको थियो।

न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले प्रतिवादी पक्षको एकतर्फी बहसपछि गिरीलाई सफाइ दिएको हो।

सो समय पीडित महिला र गिरीबीच आदानप्रदान भएका सन्देशबाट सहमतिमा शारीरिक सम्पर्क भएको देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसुर कायम गर्न मिल्ने देखिएन भन्दै जिल्लाको फैसला रहेको छ।

सो सफाइको दुई महिनापछि फैसलाको पूर्णपाठ आएको हो।

सोही फैसलामा सहमति करणी भन्ने व्यहोरा त्रुटिपूर्ण भएको जनाउँदै करणी नभएकाले जिल्लाको फैसला उल्टाएर सफाइ दिनुपर्ने गिरीको माग छ।

यसअघि, ०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित ०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेपछि हिरासतको अवधि सिद्धबाबाले विराट नर्सिङहोममा बिताएका थिए। गिरीलाई १४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।

यद्यपि, माघ ९ गते उच्च अदालतले गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। आदेशअघि भारत पुगेका सिद्धबाबा ४० दिनपछि नेपाल फर्किएर सुनसरी कारागारमा बसेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?