सन् राइज बैंकको क्यास ब्याक योजना

सन् राइज बैंकको क्यास ब्याक योजना
+
-

काठमाडौँ– सन् राइज बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकसामु क्यास ब्याक योजना ल्याएको छ।

यो योजनाअन्तर्गत ०७८ वैशाख १ गते आफ्नो सन् राइज डेबिट–क्रेडिट कार्ड प्रयोग गरी २०७८ बराबरको बिल भुक्तानी गर्ने सन् राइज बैंकका ग्राहकलाई २ हजार ७८ रुपैयाँ नै क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ।

क्यास ब्याक प्राप्त गर्न तोकिएको रकम बराबरको कारोबार पोइन्ट अफ सेल, क्युआर कोड वा ई–कमर्समार्फत गर्नुपर्नेछ।

यस किसिमका कारोबार गर्ने सय जना ग्राहकलाई उक्त क्यास ब्याक प्रदान गरिने जनाइएको छ।

साथै, बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई दराज अनलाइनमा १५ प्रतिशत छुट दिने योजना पनि ल्याएको छ।

सन् राइज बैंकका ग्राहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत ई–कमर्स कारोबार गर्दा कारोबार रकमको १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट पाउनेछन् भने क्रेडिट कार्डमार्फत ई–कमर्समा भुक्तानी गर्दा कारोबार रकमको २० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँ छुट पाउनेछन्।

यो योजना ०७७ चैत २९ देखि २०७८ वैशाख ७ गतेभित्र गरिने कुनै पनि दराज अनलाइन खरिदमा लागू हुने बैंकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?