नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल
+
-

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।

चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन्।

उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्।

कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण पनि गरेका छन्।

कार्यसमितिका वाणिज्यतर्फ निर्वाचित ५५ सदस्यहरू कमलेश कुमार अग्रवाल, दीपककुमार मलहोत्रा, मनोजकुमार केडिया, नीलकण्ठ चौलागाईँ, सन्तोषकुमार पाण्डे, नवराज ढकाल, राष्ट्रभूषण चाकुबजी, राजु श्रेष्ठ, दीपककाजी तुलाधर, सुरेन्द्रकुमार शारदा, नीरज राई, राम श्रेष्ठ, टीकाराम शर्मा ढुंगेल, अशोककुमार अग्रवाल र कैलाशचन्द्र गोयल रहेका छन्।

यसैगरी, उद्योगतर्फ राजेन्द्र मल्ल, राजेन्द्रप्रसाद अर्याल, किशोरकुमार अग्रवाल, सुमितकुमार अग्रवाल, सुवासचन्द्र संघाई, नरेन्द्रवल्लभ पन्त, सुधीर मित्तल, उर्मिला श्रेष्ठ र दीपेशरत्न तुलाधर छन्।

यस्तै, जिल्लातर्फ ओमकृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाइचन्द्र श्रेष्ठ, दीपक श्रेष्ठ, भीमलाल पौड्याल, सतिसकुमार अग्रवाल, रोशन भोयद्यो, नन्दकुमारी लम्साल(निर्मला), सुगन्धकुमार गुप्ता, सुशील पाण्डेय, तुफान खड्का (तिलक), कृष्णमान श्रेष्ठ छन्। यसैगरी, नगरतर्फ मञ्जु बज्राचार्य विजयी भएका छन्।

वस्तुगत संघतर्फ अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, सञ्जयकुमार अग्रवाल, सुरेन्द्र भाइ शाक्य र किरणकुमार डंगोल विजयी भएका छन्।

द्विराष्ट्रिय संस्थागततर्फ त्रिभुवन धर तुलाधर, दीपक कुँवर र विनायक शाह विजयी भएका छन्।

आबद्धतर्फ देवेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर र पर्शुराम दाहाल विजयी भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?