‘द फर्न होटल्स एन्ड रिसोर्टस’ भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवा प्रदायक

‘द फर्न होटल्स एन्ड रिसोर्टस’ भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवा प्रदायक
+
-

काठमाडौँ– सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ।

एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’ अनुसार ‘द फर्न’ ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ।

सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो। सीजी कर्प ग्लोबलको सदस्य कम्पनी सीजी हस्पिटालिटीले होटल तथा रिसोर्ट सञ्चालन गर्छ।
एचभीएसले गत वर्ष भारतीय होटल व्यवसायमा आएको उतारचढावबारे पनि अध्ययन गरेको छ।

कोरोना महामारीका कारण विश्वभर व्यपार–व्यवसायले घाटा व्यहोरे पनि भारतीय होटल व्यवसाय क्षेत्रमा केही प्रगति देखिएको छ। दर्ता संख्याका आधारमा गत वर्ष त्यहाँ होटल व्यवसायमा वृद्धि भएको छ।

मध्यमस्तरका होटल दर्ता तथा सम्झौताका कारण समग्र बजारमा सुधार देखिएको हो। ठूला होटलले पनि अघिल्लो वर्षभन्दा उल्लेख्य प्रगति गरेका छन्।

मध्यमस्तरका होटल भारतमा बढी रुचाइन्छन्। सन् २०२० मा उपलब्ध कोठा संख्याका आधारमा यस्ता होटलले ४१ प्रतिशत हिस्सा ओगटेका छन्, जहाँ ठूला होटलको हिस्सा ३७ प्रतिशत छ।

विलासी र सामान्य होटलको हिस्सा ११–११ प्रतिशत छ। एचभीएसको अध्ययनअनुसार व्यवसाय विस्तारमा ‘द फर्न’ पछि म्यारियट, सरोवर होटल्स, आईएचसीएल र इन्टेली स्टे छन्।

कोठा संख्याका आधारमा भने ‘द फर्न’ तेस्रो नम्बरमा छ। आईएससीएलले सर्वाधिक कोठा संख्या विस्तार गरेको छ। दोस्रो नम्बरमा विन्धाम होटल्स छ।
सन् २०२० मा भारत भर ४,५३७ होट कोठा थपिएका छन्। सीजी हस्पिटालिटीले कन्सेप्ट हस्पिटालिटी प्रालिसँगको सहकार्यमा होटल विस्तार र सञ्चालन गर्दै आएको छ।

‘भारतकै ठूलो चेन हुन पाउनु गर्वको कुरा हो, यसले हामीलाई उत्साहित बनाएको छ,’ कन्सेप्ट हस्पिटालिटी प्रालिका सीईओ सुहेल कन्नामपिली भन्छन्, ‘व्यवसायप्रति हाम्रो समर्पण र आबद्ध सबैको परिश्रमले हामीलाई यहाँसम्म पुर्‍याएको हो। अझै धेरै गर्ने हौसला मिलेको छ।’

सन् २०२१ मा विभिन्न स्थानमा थप १३ वटा होटल खोल्ने योजना कम्पनीको छ।

यससँगै फर्नको चेन संख्या ८७ पुग्नेछ। ती १३ होटलमा १ हजार १ सय ५६ कोठा थपिएपछि ‘द फर्न’को कुल कोठा संख्या ५ हजार २ सय १७ पुग्नेछ।

वर्षको शुरुवातमै ‘द फर्न’ ले नयाँ सहर जबालपुर, जुनागढ, मुसोरीसँगै उत्तरपूर्वी भारतको गान्तोक (सिक्किम)मा होटल विस्तार गरिसकेको छ।

एचभीएसको अध्ययन प्रतिवेदनमा प्रतिक्रिया दिँदै सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले यसबाट आफूहरू अत्यन्त उत्साहित भएको बताए।

‘हामीले लामो समयदेखि भारतमा व्यवसाय विस्तार गरिरहेका छौँ, त्यसको प्रतिफल अहिले पाएका हौँ,’ उनले भने, ‘यद्यपि पोहोर साल सम्पूर्ण विश्व विभिन्न खाले अवरोधबाट गुज्रियो। त्यस्तो जटिल अवस्थामा पनि हामी सुस्ताएनौँ। सुदूर भविष्य हेरेर काम गरिरह्यौँ। यही उमंगले हामीलाई पहिलो स्थानमा पुर्‍याएको हो।’

दिगो पर्यटन र पर्यावरण–संवेदनशील दर्शनमा टेकेर सीजी हस्पिटालिटीले विश्वभर व्यवसाय विस्तार गरिरहेको चौधरीले बताए। यही मर्म बोकेर हिँडिरहँदा २०० भन्दा बढी राष्ट्रिय, अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?