कोकाकोला फाउन्डेसन र बोटलर्स नेपालद्वारा व्यावसायिक सुरक्षा प्रशिक्षण आयोजना

कोकाकोला फाउन्डेसन र बोटलर्स नेपालद्वारा व्यावसायिक सुरक्षा प्रशिक्षण आयोजना
+
-

काठमाडौँ– क्रिएसन, कोका–कोला फाउन्डेसन र बाृटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाइकर्मीका लागि व्यावसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर आयोजना गरेको छ।

राम्रो र स्वस्थ विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै उक्त कार्यक्रम सफाइकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको हो।

कार्यक्रममा कामको बखत र काम सकिएपछि सुरक्षा उपाय, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाका लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरण प्रयोगसम्बन्धी एक सत्र समावेश थियो।

सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्स पनि सफाइकर्मीलाई हस्तान्तरण गरिएको थियो। साइटमा आगो दुर्घटना र अन्य जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरण र अन्य सुरक्षा सुविधा पनि सुसज्जित थिए।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाबारे मेडिकल चेकअप र परामर्श सामिल थियो। कार्यक्रममा बेलिङ साइटका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो।

यो सम्झौता बेलरहरूलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरूलाई मद्दत गर्न र कामदारको फाइदाका लागि सहयोग पुर्‍याउन ल्याइएको हो।

यस पहलबारे जानकारी दिँदै क्रियसनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने, ‘वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरूको जीविकालगायत वातावरण र समाजलाई जोखिममा पार्छ।’

उनीहरूलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको माध्यमबाट सहयोग पुर्‍याउँदै आएको उनले बताए। कोकाकोला फाउन्डेसनले गर्दै आएको सहयोगमा उनीहरूको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि प्रयास जारी राखिने उनको भनाइ छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘फोहोर र रिसाइक्लिङ उद्योगमा काम गर्नेहरूले धेरै व्यावसायिक स्वास्थ्य जोखिम सामना गर्छन्। हामी उनीहहरूको वीर प्रयासलाई समर्थन गर्छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?