
काठमाडौँ – नेकपा एमालेको असन्तुष्ट पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ।
चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।
देशसञ्चारलाई प्राप्त प्रस्तावमा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।
पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ।