
काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट पक्षले आन्तरिक सर्कलुर जारी गरेको छ। सर्कुलरमा ओली महाधिवेशनबाट पारित नीति र विधि अनुसार नचलेको आरोप लगाइएको छ।
चैत्र ४ र ५ गते सम्पन्न राष्ट्रिय भेलाका निर्णयहरु, त्यसअघि र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरु समेत मातहत कमिटीहरुमा प्रेषित गर्न यो सर्कुलर जारी गरिएको छ।
सर्कुलरमा भनिएको छ, ‘अब सम्पूर्ण पार्टी पङ्क्ति यसै अनुसार परिचालित हुन निर्देशित गरिन्छ।’
सर्कुलरमा यो बीचमा गठन भएका आफू नेतृत्वको कमिटीबारे पनि जानकारी गराइएको छ।
यस्तो छ, यो पक्षले जारी गरेको आन्तरिक सर्कुलरः