नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक

नेपाल टेलिकमको स्प्रिङ अफर सार्वजनिक
+
-

काठमाडौँ– नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गतका सेवा ०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छ।

यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २ सय ९९ रुपैयाँमा उपलब्ध गराइएको छ।

स्प्रिङ अफरअन्तर्गत नै ग्राहकको सुविधालाई ध्यानमा राखी १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको छ।

५ दिन प्रयोग गर्न सकिने यस अफरमा सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ। यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ।

साथै २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ। यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकका लागि जम्मा २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ।

यो प्याकअन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।

यसैगरी डाटा प्याकअन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जिबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म २४ घण्टा प्रयोग गर्न सकिन्छ।

सीडीएमए मोबाइल र वाई म्याक्स सेवाका ग्राहक कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकाले ती सेवाका ग्राहकका लागि विन्टर अफरका रूपमा उपलब्ध विभिन्न अफर र सुविधामध्ये सीमित अफरलाई मात्र निरन्तरता दिइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?