
काठमाडौँ– ब्रान्डेड कस्मेटिक्स तथा फेसनलाई लक्ष्य गर्दै नयाँ ई–कमर्स कम्पनी शृंगार डट कम सञ्चालनमा आएको छ।
नेपाली बजारमा ब्रान्डेड तथा ओरिजिनल सामान मात्र बिक्री गर्ने गरी शृंगार डट कम नामक ई–कमर्स कम्पनी नेपालमा सुरु भएको हो।
शृंगार डट कमका व्यवस्थापक रवि दुवालका अनुसार शृंगार डट कममा केवल ब्रान्डेड कस्मेटिक्स, स्किनकेयर तथा कपडा खरिद गर्न सकिनेछ।
यस कम्पनीमार्फत केवल ब्रान्डेड सामान बिक्री गर्ने बिक्रेताले आफ्ना सामान बिक्री गर्न सक्नेछन्।
नेपाली युवा उद्यमीले सञ्चालन गरेको यो ई–कमर्स कम्पनी गत वर्षको वैशाखदेखि परीक्षण सञ्चालन गरिरहेको छ र यो वैशाखदेखि पूर्णरूपमा सञ्चालनमा आउनेछ।