
वीरगन्ज – कर्तव्य ज्यान मुद्दामा ५ वर्ष सजाय पाएका प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–५ बगडमपुर टोल बस्ने ५० वर्षीय मोहन चौधरी छन्।
चौधरीलाई जिल्ला अदालत बाराले ०५७ साल वैशाख २१ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद ठहर गरेको थियो।
सोही बेलादेखि फरार रहँदै आएका उनलाई लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका चौधरीलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि पर्साको वीरगन्ज कारागारमा पठाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।