
काठमाडौँ- कलाकार स्वीकृति शर्माले नयाँ वर्षको अवसर पारेर बिहीबार आफ्नो पहिलो ‘मिसले सोध्नु भो’ बोलको गीत युट्युब च्यानबाट सार्वजनिक गर्दैछिन्।
उक्त गीतमा शब्द तथा स्वर स्वीकृतिको छ भने संगीत संयोजक मनोहर सुनामले गरेका छन्। मदन काश्यप घिमिरेको छायांकन रहेको गीतमा भिडियो सम्पादन जीवन थापाले गरेका छन्।
गीतमा स्वीकृतिलाई गीता रिजाल, शारदा लुइँटेल, गोपाल घिमिरेलगायतले साथ दिएका छन्। स्वीकृतिले लेखेको कवितलाई गीतको रुप दिइएको हो।
गीत ‘कम्पोज’ गर्न उनका बुवा एवं नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सघाएका छन्। शर्माका अनुसार गीतमा खासगरी आमा, बुवा र गुरु नै भगवान हुन् भन्ने भाव झल्किएको छ।
आमा, बुवा र गुरुलाई सम्मान गर्ने परम्परा हराउँदै गएका बेला उनीहरुको महत्व र सम्मानलाई केन्द्रमा राखेर गीत तयार पारिएको शर्माले बताए।
संगीत प्रशिक्षण लिइरहेकी स्वीकृति हाल कक्षा १० मा अध्ययनरत छिन्। उनले यसअघि ‘फूलबुट्टे सारी’ लगायतका कभर गीतहरु गाएकी छन्।