
काठमाडौँ– कुमारी क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।
जसबाट नयाँ तथा पुरानो लगानीकर्तालाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ति व्यवस्थापन सम्बन्धी परामर्श र बजारीकरण रणनीति सम्बन्धी निःशुल्क सेवा सञ्चालनमा ल्याएको हो।
साथै, अनलाइनमार्फत हितग्राही खाता खोल्दा खल्ती वालेट प्रयोग गरी ५ प्रतिशत क्यास ब्याक पाउन सकिने बैंकले जनाएको छ। लगानी मेलाबाट यस संस्थाले सर्वसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्नेछ।
लगानीकर्ताहरूले यस संस्थाको लगानी विशेषज्ञहरूद्वारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी लगानीको योजना बनाई धेरैभन्दा धेरै लाभ लिन सक्नेछन्।
अनलाइनमार्फत हितग्राही खाता खोल्न यस क्यापिटलको वेबसाइट www.kumaricapital.com मा गइ अनलाइन लिक्समा क्लिक गरी अनलाइन डिम्याटमा गएर सम्पूर्ण आवश्यक विवरण प्रविष्ट गरी हितग्राही खाताका लागि एक पटक नजिकैको कुमारी बैंक लिमिटेडको शाखा कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिनेछ।
यस लगानी मेलामा परामर्श सेवा वैशाखभरि निःशुल्क गरिएको छ। साथै, यस मेलामार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आबद्ध हुने सम्पूर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ।