एनआईसी एसिया बैंकको नगद फिर्ता योजना

एनआईसी एसिया बैंकको नगद फिर्ता योजना
+
-

काठमाडौँ– एनआईसी एसिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ।

नयाँ वर्षको अवसरमा योजनाअन्तर्गत सस्तोडिल, ग्यापु मार्केट प्लेस र स्टोपग्रयापबाट वैशाख ३ सम्म विभिन्न सामग्री खरिद गरी बैंकका ग्राहकले ई–कमर्समार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५ सयसम्म नगद रकम फिर्ता प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको हो।

साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकलाई ई–कमर्समार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १५ सयसम्म छुटको योजनासमेत ल्याएको छ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलार्ई प्रोत्साहन गर्नका लागि उक्त ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो।

बैंकले मुलुकभरका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?