शाओमी स्मार्टफोन ब्रान्डको पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक शुभारम्भ

शाओमी स्मार्टफोन ब्रान्डको पोर्टेबल ग्याजेट एमआई टीभी स्टिक शुभारम्भ
+
-

काठमाडौँ– शाओमी स्मार्टफोन ब्रान्डले नयाँ वर्षको अवसरमा एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टीभी स्टिकको शुभारम्भको घोषणा गरेको छ।

जसले कुनै पनि नन–स्मार्ट टीभीलाई स्मार्ट टीभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ।

एन्ड्रोइड टीभी ९.० द्वारा सञ्चालित एमआई टीभी स्टिकले गुगल प्ले मार्फत ५ हजारभन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्ने कम्पनीले जानकारी दिएको हो।

एमआई टीभी स्टिक नेपालको अनलाइन र अफलाइन स्टोरमा ५, हजार नौ सय ९९ सय मूल्यमा खरिद गर्न सकिनेछ। एक स्लिम र स्लिक डिजाइन भएको एमआई टीभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ।

प्रयोगकर्ताले अब कुनै पनि टीभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टीभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गरेर लिन सक्छन्।

ग्याजेटमा सिनेमाजस्तो अनुभवका लागि डोल्बी र डिटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ। यसका अतिरिक्त एमआई टीभी स्टिक क्वाड–कोर प्रोसेसरसहितको १ जीबी र्‍याम र ८ जीबीको इन्टरनल स्टोरेजको सहज र फ्ललेश प्रदर्शनको आश्वासनसहितको प्रोसेसरबाट पनि सुसज्जित छ।

शाओमी नेपालका काउन्टी जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘शाओमीमा हामी मनोरञ्जनलाई तपाईंको बैठक कोठाको आराममा केन्द्रित गरिरहेका छौँ, जसले केवल सामग्रीमा पहुँच प्रदान नगरी यसका साथै नन–स्मार्ट टीभी सेटमा स्ट्रिमिङलाई अझ सुविधाजनक बनाउँछ।’

एमआई टीभी स्टिकको लन्चसँगै उपभोक्तालाई स्मार्ट टीभी अनुभव प्रदान गर्नमा केन्द्रित रहेको उनले बताए। ओटीटी सामग्री उपभोग गर्नका लागि निरन्तर उपायहरू खोजिरहेको उनको भनाइ छ।

एन्ड्रोइड टीभी ९.० एन्ड्रोइड टीभीको संस्करण (९.०)मा संचालित एमआइटीभी स्टिकले प्रयोगकर्ताका लागि ‘वल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको छ।

यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी, हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरञ्जनजस्ता लोकप्रिय ओटीटी प्लेयरको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको छ।

गुगल प्ले स्टोरमा ५ हजारभन्दा बढी एप्लिकेसन्सको उपलब्धताका साथ एमआईटीभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पको अधिकता पनि प्रदान गरेको छ।

यो मात्र नभइकन एमआई टीभी स्टिकमा नेटफ्लिक्स र प्राइम भिडियोका लागि बटनहरूको साथ ब्लुटुथ रिमोट पनि उपलब्ध छ जसले गर्दा हजारौँ फ्लिम र सो मात्र एक क्लिकको साथ उपभोक्ताका लागि प्रदान हुन्छ।

गुगल सहायक र  क्रोमकास्ट बिल्ट इन


एमआई टीभी स्टिकमा गुगल सहायकद्वारा सञ्चालित भ्वाइस सर्च रहेको छ। जसको मद्दतले प्रयोगकर्ताले उनीहरूको दिन योजना बनाउन, पछिल्लो अपडेट, समाचार प्राप्त गर्न,उनीहरूको मनपर्दो सामग्री प्ले, खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरण नियन्त्रण गर्न उपयोगमा ल्याउन सक्छन्।

यो क्रोमकास्ट बिल्ट–इनको साथ उपलब्ध छ। जसले गर्दा प्रयोगकर्ताले उनीहरूको सबै मनपर्ने एप्सबाट सामग्री मोबाइल/ट्याब्लेट/ल्यापटप कास्ट गर्न सक्छन्।

डाटा सेभरः

अनलाइन सामग्रीको खपतमा बढ्दो वृद्धिलाई ध्यानमा राखेर एमआई टीभी स्टिक गुगलको डाटा सेभर विशेष गरी नेपालका लागि प्रि–लोडेड भएर आउँछ। डाटा सेभरले तीन गुणा अधिक सामग्री स्ट्रिमिङको प्रदान गर्छ र साथसाथै तपाईंको डाटा प्रयोगको ट्र्याक पनि राख्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?