
काठमाडौँ – नबिल बैंकले ‘नबिल स्मार्ट बैंक एप’मा कार्ड इन्ट्रिगेसन सेवा सुरु गरेको छ।
यस सुविधाअन्तर्गत अब ग्राहकले आफ्नो कार्डको जानकारी जस्तैः कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्सका साथै कार्ड सक्रियता–निष्क्रियता तथा कार्डमार्फत साइन अपजस्ता कार्य नबिल स्मार्ट बैंक एपद्वारा नै गर्न सक्नेछन्।
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकको हित तथा आवश्यकतालाई ध्यानमा राख्दै स्वस्थ एवं सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेबिट, क्रेडिट तथा प्रिपेड कार्डमा उपलब्ध गराएको छ।
११९ शाखा, १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको बैंकले जनाएको छ।