
काठमाडौँ- कुनै बेला एकअर्कालाई मित्र घोषणा गर्दै पार्टी एकतामार्फत राजनीतिक सहकार्य सुरु गरेका नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्ध हाल तिक्ततापूर्ण छ।
ओलीले खासगरी संसद विघटन गर्दा र फुटको संघारमा पुगेको नेकपालाई सर्वोच्च अदालतले भंग गरेपछि उनीहरुबीच बोलचाल बन्द भएको थियो। सार्वजनिकरुपमा एकअर्कालाई आरोपप्रत्यारोप लगाएर गल्ती ढाकछोपको प्रयासमा रहेका उनीहरुबीच शुक्रबार संक्षिप्त टेलिफोन संवाद भएको छ।
शुक्रबार आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेको प्रचण्डले बताएका छन्।
तर आफू कार्यक्रममा भाग लिइरहेकाले प्रधानमन्त्री ओलीसँग लामो कुरा हुन नसकेको प्रचण्डले बताएका छन्।
ललितपुरको कोन्जोसोम गाउँपालिकाको नवनिर्मित भवन उद्घान समारोहमा आफू सहभागी भइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको उनले खुलाएका हुन् ।
उनले भने,‘ प्रधानमन्त्रीको फोन आएपछि कोन्जोसोम गाउँपालिकको नवनर्मित भवनको उद्घाटन गर्दैछु भनेँ। तर अब यहाँको बाटो बनाइदिनुहोस् भन्नेवाला छु। बाटो निर्माणमा मेरो पनि सहयोग रहनेछ।’
फोनमा ओलीले महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले भेटौँ भन्ने प्रस्ताव गरेका थिए। प्रचण्डले भने भरे ‘ म फोन गर्छ अनि सल्लाह गरौँला अहिले म कार्यक्रम छु’ भनेका थिए।’
साँझ फोनमा कुरा भएपछि भेटघाटको समय निश्चित हुने प्रचण्ड निकट स्रोतले बताएको छ।
उनले ओलीलाई आफूले पछि फोन गर्छु भने या भनेन् त्यो भने खुलाएनन्।
यसअघि एक पटक ओलीले फोन गरेको, त्यो बेला आफूले उठाउन नपाएको तर पछि फोन गर्दा ओलीले नउठाएको उनले गुनसाो पोखेका थिए।