
काठमाडौँ-नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माले शनिबार सर्वदलीय बैठक आव्हान गरेका छन्।
बिहान ११ बजे बालुवाटारमा उनले सर्वदलीय बैठक आव्हान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले पुष्टि गरे।
थापाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत्र ३ गते सर्वदलीय बैठक आव्हान गरेकी थिइन्।
ओलीले सर्वदलीय बैठकको निम्तो हालै छुटिटएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि दिएको बुझिएको छ।