
काठमाडौँ– सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा ग्राहकका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर ल्याएको छ। जसमा ग्राहकले एक लाख रुपैयाँसम्म निःशुल्क स्वास्थ बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा प्रदान गर्ने भएको छ।
कम्पनीले स्वास्थ्य बिमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ।
यस अफरअन्तर्गत ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाखसम्मको स्वास्थ्य बिमा प्राप्त गर्नेछन्।
आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिइएको छ। अफर सीमित अवधिका लागि रहनेछ र सर्त तथा नियम लागू हुने कम्पनीले जनाएको छ।