कोका–कोला र हिमालयन क्लाइमेटले गरे हिमाल सफाइ अभियानमा सेनासँग हातेमालो

कोका–कोला र हिमालयन क्लाइमेटले गरे हिमाल सफाइ अभियानमा सेनासँग हातेमालो
+
-

काठमाडौँ– कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई)ले हिमाल सफाइ अभियान २०२१ का लागि सेनासँग हातेमालो गरेको छ।

हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाइ कार्यक्रमको दोस्रो संस्करण हो।

यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमाललाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा चुचुरा सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखेको छ।

हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दीपक भण्डारीले भने, ‘हामी खुसी छौँ कि कोका–कोलाको प्रणालीले नेपाली सेना र नेपाल सरकारले देशको गौरवशाली हिमालहरू सफा गर्न गरेको प्रयासलाई समर्थन गरिरहेको छ।

हाम्रो लक्ष्य भनेको हिमालको महिमा बहाल गर्न चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो। थप रुपमा, हामी समुदाय र साझेदारसँग हिमालहरू सफा राख्नको लागि जागरुकता बढाउन संलग्न छौँ किनकि हामीलाई थाहा छ, व्यवहार परिवर्तन गर्न शिक्षाको कत्ति महत्वपूर्ण भूमिका हुन्छ।’

०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोका–कोला र धेरै सरोकारवालाले सफलतापूर्वक पहिलो पटक ‘सगरमाथा हिमाल सफाइ अभियान २०७६’ नामक पहिलो हिमाल सफाइ अभियान सञ्चालन गरेका थिए।

यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो।

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको हामी प्रशंसा गर्दछौँ। अनुकरणीय संयुक्त प्रयासको हिस्सा हुन पाएकोमा हामी सम्मानित छौँ। नेपालको गौरवलाई कायम राख्न सफाइ अभियानको नेतृत्व लिने टोली लिडर र सदस्यहरूलाई धेरै धेरै अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु।’

यस कार्यक्रमले विभिन्न सरकारी, गैर–नाफामूलक संस्था र निजी क्षेत्रका कम्पनीका लागि वातावरण संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साझा चासो राख्ने प्लेटफर्म स्थापना गरेको छ।

नेपालका कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हाम्रो ग्लोबल ‘वल्र्ड विथआउट वेस्ट’ लक्ष्य भनेको सन् २०३० सम्म हामीले बेची सकेको हरेक बोतल रिसाइकल गर्नु हो। हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौँ। प्लास्टिक फोहोर चुनौती र हिमाली सफाइ अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौँ भन्ने आशा राख्छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?