
काठमाडौँ– संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा ‘लन्डन बियर कम्पिटिसन २०२१’ प्रतियोगितामा ‘अर्ना ८’ तथा अर्ना लाइटले रजत र काश्य जित्न सफल भएका छन्। जुन विश्व बियर उद्योगमा सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो।
यति ब्रुअरी प्रालिले तीन वटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो।
अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ।
यससँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ।
लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो।
प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीको विभिन्न विधामा मूल्यांकन गरी विजेता घोषणा गरेका थिए।
लन्डन बियर प्रतिस्पर्धाले गुणस्तरलगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं उपभोक्ता तथा अन्य सहभागीलगायतको रोजाइको प्रतिनिधित्वसमेत गर्छ।
यस स्पर्धाका निर्णायक बियर उद्योगका विभिन्न विशेषज्ञ जस्तैः विश्लेषक, उत्पादन पक्ष, बिक्रीवितरण, व्यापार प्रवद्र्घन पक्ष, शैक्षिक क्षेत्रलगायतको प्रतिनिधित्व हुने गरी छनोट गरिएको थियो।
अर्ना ८ ले १०० पूर्णांकमा ८५ अंक प्राप्त गरी रजत पदक प्राप्त गर्न सफल भयो भने अर्ना लाइटले ७२ अंकका साथ काश्यपदक प्राप्त गरेको हो।