
जनकपुरधाम – महोत्तरीमा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी जिल्ला बेला मछपकौनी ग्राम पञ्चायत ३ बेलाखुर्दका ४० वर्षीय कमलेश चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
चौधरीलाई सोमबार दिउँसो महोत्तरीको बर्दिवास नगरपालिका–८ रामनगर गौशालाको जंगलको भित्री बाटो हुँदै जाँदै गरेको अवस्थामा भारतीय नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटेको गस्ती टोलीले पक्राउ गरेको हो।
चौधरीलाई चेकजाँच गर्दा कोडेन फोस्फेट एन्ड क्लोरोफेनिरामाइन मालेट नामको २८ पिस बोतल, निट्राजेपम ट्याब्लेट जेपी निट्रोसन ५० पिस र नाइट्रोभेट ट्याब्लेट ४ सय ५० पिससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।