
बुटवल– जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरीत मन्त्री पदको सपथ लिने ४ जना सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ।
जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति निकालेर मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई स्पष्टीकरण सोधेका हुन्।
उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पदसमेत नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी दिएका छन्।
सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो।
तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए। ६ सांसद रहेको जसपाका ४ जना मन्त्री बनेका हुन्।