लुम्बिनी प्रदेशमा जसपाको भाँडभैलो

मन्त्री बनेका चारजनालाई जसपा संसदीय दलले सोध्योः ह्वीप उल्लंघन किन गरेको?

मन्त्री बनेका चारजनालाई जसपा संसदीय दलले सोध्योः ह्वीप उल्लंघन किन गरेको?
+
-

बुटवल– पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी संसदीय दलले चार जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ।

संसदीय दलका नेता सहषराम यादवले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेका हुन्। सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका क्रममा सोमबार हस्ताक्षर गरेका सन्तोष पाण्डे , सुमन रायमाझी, विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो।

संसदीय दलका नेता यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टिकरण बुझाउन निर्देशन दिएको जानकारी दिएका छन्।

‘सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न ह्वीप जारी गरिएको निर्णय थाहा हुँदाहुँदै मन्त्रीको सपथ लिनु गम्भीर ह्वीप उल्लंघन हो,’ स्पष्टीकरण पत्रमा सोधिएको छ।

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रक्रियाअघि बढाउने दलका नेता यादवले जानकारी दिए।

उनले दलको कार्यालयका कर्मचारीले चारैजनालाई पत्र बुझाएको पनि बताए। तर संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले ईन्कार गरेका छन्। पत्र लिएर गएका कर्मचारीसँग झगडा गर्दै उनीहरुले पत्र फ्याँकिदिएका थिए।

मन्त्री बनेका सन्तोष पाण्डेयले भने संसदीय दलको नेता आफू नै रहेको दाबी गरेका छन्। उनले अल्पमतले स्पष्टीकरण सोध्न नमिल्ने बताए।

यसैबीच जसपा रुपन्देहीले पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी चारैजना मन्त्रीको कार्यक्रम बहिष्कार गर्न कार्यकर्तालाई अपील गरेको छ।

पार्टी अध्यक्ष रामअवतार यादवले विज्ञप्ति निकालेर मन्त्रीहरु सहभागी सामाजिक र राजनीतिक कार्यक्रमहरुमा पार्टीका नेता कार्यकर्तालाई उपस्थित नहुन अपील गरेका हुन्।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?