
काठमाडौँ– प्रभु बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा २१४ औँ शाखा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन बाग्मती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरेका हुन्।
प्रभु बैंकको शाखा विस्तारले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज सेवा पुगेको भन्दै मुख्य सचेतक पाण्डेले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए। उनले बैंकलाई सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए।