
जनकपुरधाम – महोत्तरीको छुट्टा–छुट्टै स्थानमा एक युवक र एक वृद्धाको शव फेला परेको छ।
बुधबार जिल्लाको सम्सी गाउँपालिका–६ मा अन्दाजी २४ वर्षीय युवकको र मनरासिस्वा नगरपालिका– १० मा करिब ७५ वर्षीया महिलाको शव फेलापरेको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
बुधबार बिहान युवकको शव फेला परेको थियो। उक्त शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।
त्यस्तै, मनरासिस्वा नगरपालिकामा फेलापरेको शव महिलाको रहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले जानकारी दिए।