ओलीको नेपाल फकाउने असफल प्रयास, जेठ दुईमा नफर्किए सहमति नहुने नेपालको अडान

ओलीको नेपाल फकाउने असफल प्रयास, जेठ दुईमा नफर्किए सहमति नहुने नेपालको अडान
+
-

काठमाडौँ –पार्टी विभाजन चरमोत्कर्षमा पुगेपछि त्यसलाई बचाउन असन्तुष्ट नेताहरुसँगको संवादलाई तीव्र बनाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाललाई फकाउने असफल प्रयास गरेका छन्।

बुधबार साँझ राजधानीस्थित होटल मेरियटमा भएको दुई घण्टा लामो वार्तामा ओलीले आफ्नो तर्फबाट लामो गुनासो सुनाएपनि जेठ दुई (नेकपा एकता हुनुअघिको मिती २०७५) मै फर्किने नेपालको प्रस्तावमा उनी मौन रहे।

स्रोतका अनुसार ओलीले आफूलाई सबै मिलेर सडकमै पुर्याउन खोजेको गुनासो नेपाल समक्ष गरेका थिए।तर नेपालले लामो ‘गन्थन’ भन्दा पनि जेठ दुई मै फर्किएमा मिलेर अघि बढ्न सक्ने प्रस्ताव ओलीलाई गरेका थिए। स्रोतका अनुसार ओलीले त्यसमा कुनै प्रतिक्रिया जनाएनन्।

स्रोतले भन्यो,‘ वार्तामा ओलीले आफ्नो लामो गन्थन सुनाउनु भयो। नेपालले मिलेर जाने भए जेठ दुईमा फर्कौँ भन्ने प्रस्ताव गर्नु भयो। त्यसमा ओलीले कुनै प्रतिक्रिया जनाउनु भएन।’

त्यसपछि उनीहरु ‘भोली भेटौँला’ भन्दै छुटिएका छन्। तर उनीहरुबीच भोली (बिहीबार) भेट्ने समय निश्चित नभएको स्रोतले बतायो।
भोली १२ बजेभित्र नेपाल पक्षले ओलीको स्पष्टीकरणको जबाफ दिइसक्नु पर्नेछ।

स्पष्टीकरणको जवाफ दिने म्याद सकिनु भन्दा अघिल्लो दिन ओलीले नेपालसँग वार्ता गरेका गरेका हुन्।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा नेपाल पक्षका सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने डरमा ओलीले नेपाल पक्षका संघ र प्रदेशका गरी ३२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए।

स्पष्टीकरणको जबाफ चित्त नबुझेको खण्डमा उनीहरुलाई सांसद पदबाटसमेत निष्काशन गर्ने तयारी ओलीको रहेको बुझिन्छ।
ओलीले नेपाल पक्षका यी सांसदहरुलाई कारवाही गरेका दिन एमाले औपचारिकरुपमै विभाजन हुने राजनीतिक विश्लेषकहरुले दाबी गर्दै आएका छन्।

‘सबैतिरबाट महासंकटमा परेपछि ओलीले हामीहरुसँग संवाद सुरु गरेका हुन् तर यो मात्र अल्मल्याउने खेल हो भन्ने हामीले बुझेका छौँ। यसमा हामी फस्दैनौँ,’ नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने।

तर एमाले एकता नगरेको खण्डमा ओली पनि सकिने र कम्युनिष्ट आन्दोलन पनि संकटमा पर्ने उनको निष्कर्ष छ।
ओलीसँग मेरियटमा बस्नुअघि नेपालले पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाल र हालसम्म पार्टी विवादमा आफूलाई तटस्थ रहेको दाबी गर्दै आएका बामदेव गौतमसँग पनि छलफल गरेका थिए।

त्यसअघि पार्टीलाई एकताबद्ध गराउनुको विकल्प नभएको भन्दै नेपाल पक्षका नेता योगेश भट्टराईले ओलीलाई त्यसमा लचकता प्रदर्शन गर्न आग्रह गरेका थिए।

बालुवाटार पुगेर भट्टराईले ओलीलाई एमाले एकताको विकल्प नभएको भन्दै त्यसमा भूमिका खेल्न आग्रह गरेका थिए।
भट्टराईले भनेका थिए,‘ संकटमा रहेको पार्टी बचाउन मैले प्रधानमन्त्रीज्यूलाई आग्रह गरेको छु। उहाँ सकारात्मक हुनुहुन्छ।’
त्यसको केहीबेरमा ओली र नेपालबीच मेरियट होटलमा वार्ता भएको हो।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा भंग गरी नेकपा एमाले र नेकपा माओवादी ब्यूँताएपछि एमालेमै फर्किने निधो गरेका नेपाल पक्षका नेताहरु ओली पक्षीय बैठकहरुमा सामेल भएका छैनन्।

ओलीले पार्टी विधान विपरीत काम गरेको भन्दै नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन्। यस्तो अवस्थमा उनीहरुसहित ३२ जना सांसदलाई ओलीले पुनः स्पष्टीकरण पत्र काटेका छन्।

त्यसको विरोधमा बुधबार नेपाल पक्ष सर्वोच्च अदालत निवेदन सहित पुगेको थियो। आफूमाथिको ओलीको सम्भावित कारवाही रोक्न माग गर्दै रिट हाल्ने तयारी सहित सर्वोच्च पुगेकोमा सर्वोच्चले समय अभाव भएको भन्दै यो पक्षलाई फर्काएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?