
काठमाडौँ– सिभिल बैंकले ०७७।७८ मा कर्जा तथा ऋण लगानीमा वृद्धि गरेको छ। गत वर्षको चैत मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशत र कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ।
बैंकले समीक्षा अवधिसम्म ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो।
बैंकले यस वर्ष निक्षेपतर्फ २७.७६ अर्ब वृद्धि गरेको छ। जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतले वृद्धि हो। बैंकको निक्षेप अन्य वाणिज्य बैंकको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा छ।
यस्तै, बैंकले कर्जातर्फ यस वर्ष २७.६२ अर्ब वृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो।
बैंकको कर्जा वृद्धि अन्य वाणिज्य बैंकको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा छ। तेस्रो त्रैमासक अन्त्यसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले वृद्धि हो।
गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो । बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ।
बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ।
गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो।
बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो।