हिरो मोटोकर्प र गोगोरो इंकबीच रणनीतिक साझेदारी घोषणा

हिरो मोटोकर्प र गोगोरो इंकबीच रणनीतिक साझेदारी घोषणा
+
-

काठमाडौँ – हिरो मोटोकर्प र गोगोरो इंकले  भारतमा विद्युतीय गतिशीलता मोबिलिटीको दिगो परिवर्तनलाई गति दिन रणनीतिक साझेदारी घोषणा गरेका छन्।

यो साझेदारीले मोटरसाइकल र स्कुटरको निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रवर्तन इनोभेसनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ र हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्नेछन्।

नयाँ साझेदारीबारे टिप्पणी गर्दै हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने, ‘गोगोरोसँगको हाम्रो रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीलता (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप छ, जुन हामी आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत जीवन्त तुल्याउँदै छौं।’

साथै, उनले यस साझेदारीले आफूहरूको अनुसन्धान र विकास (आरएन्डडी) हब जयपुरको इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीको हाम्रो टेक सेन्टरमा गरिएका कामलाई थप विस्तार गर्ने बताए।

उनले थपे, ‘हामी सहरी गतिशीलता र स्मार्ट सहरहरूको विकासको रूपान्तरणको एक महत्वपूर्ण चरणमा छौं।’

भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुईपांग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धन आवश्यकता रहेको उनले बताए।

साथै, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भने, ‘हिरो–गोगोरो साझेदारीले यी चुनौतीलाई सम्बोधन गर्छ तथा स्मार्ट सवारी साधन उपलब्ध गराउने गोगोरोको अग्रणी औद्योगिक नवप्रवर्तन र गोगोरो नेटवर्कको ब्याट्री स्वापिङयुक्त नवीकरणीय ऊर्जाले हिरोको बजार सवलतालाई लाभ प्रदान गर्नेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?