
बुटवल– कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रूपन्देहीमा विद्यालय बन्द गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच भएको छलफलले जिल्लाभरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
त्यसैगरी, विद्यालयमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।
त्यसैगरी, रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ।
वैशाख १४ गते मंगलबारदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने थापाले बताए।