
काठमाडौँ – सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ।
मानव बेचविखन र लैंगिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माइती नेपाललाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो।
माइती नेपालले करिब ३ दशकदेखि महिला तथा बालबालिका बेचविखनविरुद्ध विभिन्न काम गर्दै आएको छ।
सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागार्इंले हस्ताक्षर गरेका हुन्। सानिमा बैंकको देशभर ८६ शाखा, १७ विस्तारित काउन्टर र ९६ एटीएम छन्।