समाचार टिप्पणी

ओलीले लोकप्रियता सम्झिँदा जनताको प्राण भुले

ओलीले लोकप्रियता सम्झिँदा जनताको प्राण भुले
+
-

काठमाडौँ – कोरोनाको दोस्रो लहरको भय एकाएक बढेको छ। त्यसकाे असरको दृश्य राजधानीकै अस्पताल परिभ्रमण गरे पुग्छ।

चित्कारका स्वरहरू बाक्लिन थालेका छन्। ‘पहिलो प्राथमिकता जीवन रक्षा’ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात जोड्न थालेको छ। उसले कोरोना यही दरमा बढ्दै गए आफ्ना स्वास्थ्य संयन्त्रले उपचार सेवा दिन नसक्ने चेतावनी पनि दिइसक्यो।

यससँगै मन्त्रालयले आफ्नो क्षमता, दक्षता र जनशक्ति ठूलो संकट आउनुपूर्व नै उदांगो पा¥यो। तर, उसको तथ्यांकले भन्छ, ‘गत हप्ताको तुलनामा नेपालमा यो हप्ता संक्रमण झन्डै २४१ प्रतिशतले बढेको छ।’ यो यथार्थप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा चिम्लिएका छन्।

त्यसको पुष्टि उनले आफैँले बनाएको नियम उल्लंघन गर्दै हिँड्नुबाट भएको छ।

०००

२५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको धेरै दिन बितेको छैन।

तर, उनले आइतबार आफूपक्षीय महाधिवेशन आयोजक कमिटी बैठक आकस्मिक भन्दै बालुवाटारमा बोलाए।बैठकमा उनले कोरोना नियन्त्रणका लागि नेताहरूलाई निर्देशन दिए।

त्यो उनले पत्र या भिडियो कन्फरेन्समार्फत सजिलै गर्न सक्थे। तर, बैठक थोरै कोरोना नियन्त्रण र धेरै आफ्ना पार्टीका असन्तुष्ट पक्षलाई कसरी तह लगाउने भन्नेमा केन्द्रित भयो।

बैठक सकिएपछि त्यहाँ सामेल एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक आकस्मिक भनियो। आउन त पर्‍यो‍ नै !’ तर आफ्नो सरकारको निर्णय आफैँ उल्लंघन गर्दा सन्देश के जान्छ? उनको जवाफ थियो, यस्तो बेला बैठक बोलाउँदा सन्देश भने राम्रो पक्कै जाँदैन। तर, आगामी दिनमा ठूलो बैठक नडाक्ने निर्णय पनि त भएको छ।’ ओलीले त्यसको अघिल्लो दिन पुनर्निर्मित धरहरा उद्घाटन गरे सयौँ मानिसको भीडबीच।’

सायद त्यो बेला उनले लोकप्रियता सम्झिए सरकारी अस्पतालले संक्रमितका लागि बेड, अक्सिजन र भेन्टिलेटर उपलब्ध गराउन नसकेको यथार्थ भुलेर। उनले धरहरा उद्घाटन गर्दा लागेको भीडको तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ।

अघिपछि कोरोना र सुरक्षाको बहानामा उनी सामेल हुने कार्यक्रममा सञ्चारकर्मीले मुस्किलले प्रवेश पाउने गर्थे। तर, उनको धरहरा उद्घाटन हेर्नेको भीड थेगिनसक्नु थियो।

सयौँको भीडमा उनले एकढिक्का भएर कोरोनाविरुद्ध लड्न दिएको उपदेश कसले पत्याउने? नियम बनाउनेलाई नियम लागू नहुने मुलुकमा।

स्वास्थ्य मन्त्रालयको तथ्यांक सुन्दा दिनानुदिन मानिस आतंकित भइरहेका छन्। आइतबार मात्रै सार्वजनिक भएको उसको तथ्यांकले भन्छ, ‘नेपालमा पीसीआर परीक्षण भएकामध्ये झन्डै ३० प्रतिशत संख्यामा पीसीआर ‘पोजिटिभ’ छ।

अहिलेकै क्रममा यदि यो संख्या बढ्दै जाने हो भने अबको तीन महिनाभित्रै २ लाख हाराहारीमा नयाँ संक्रमित थपिनेछन्।

अझ जटिल भएको खण्डमा संक्रमितको संख्या २ लाखभन्दा बढ्नेछ।तर, उनीहरूको प्राण रक्षाको जिम्मेवारीमा ओली गम्भीर नभएको धरहरा उद्घाटनले पुष्टि गर्छ।

त्यसअघि ओलीले लोकप्रियताकै लागि चितवनको माडीमा निर्माण हुन लागेको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन कार्यक्रम भीड जम्मा गरेर आयोजना गरेको आरोप लागेको छ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीप्रति व्यंग्य गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कोभिड–१९ को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पहिलो राष्ट्रिय प्राथमिकता हो। विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं, अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामग्रीको युद्धस्तरमा जोहो गरौं । राममन्दिर, पशुपतिका गजुर, भ्युटावर, धरहरा बनाउँदै गरौंला।’

यो पनि पढ्नुहोस्

फ्लोर क्रस गर्नसक्ने सांसद पद खोस्न ओली तयारी अवस्थामा, जुनसुकै बेला चल्न सक्छ ‘गोली’

फ्लोर क्रस गर्नसक्ने सांसद पद खोस्न ओली तयारी अवस्थामा, जुनसुकै बेला चल्न सक्छ ‘गोली’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?