
काठमाडौँ – अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एसिया बैंकले ‘एकीकृत हेल्प डेस्क’सेवा सुरु गरेको छ।
मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा यस बैंकले आफ्ना ग्राहकलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन गरेको छ।
यस असहज परिस्थितिमा अत्यावश्यक सेवा थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्क स्थापना गरेको जनाएको छ।
बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहक महानुभावले बैंकको डिजिटल माध्यम मोबाइल/इन्टरनेट बैंकिङ, वेबसाइट तथाको माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ सेवा लिन सक्नेछन्।
उक्त डिजिटल माध्यमबाट सेवा लिन कठिनाइ भए वा सेवासम्बन्धी गुनासो भए वा कुनै जानकारी लिनुपरे बैंकले खटाएका उक्त सेवा सम्बन्धी विज्ञ अधिकृतलाई सम्पर्क गरी सजिलै एवं यथाशीघ्र समाधान पाउन सक्ने जनाइएको छ।
बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको दाबी छ।
२२ लाखभन्दा बढी ग्राहक महानुभावका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद छन्।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको र वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको जनाएको छ।