सीईडीबी हाइड्रोपावरको साधारण सेयर १७ वैशाखदेखि निष्कासन गरिने

सीईडीबी हाइड्रोपावरको साधारण सेयर १७ वैशाखदेखि निष्कासन गरिने
+
-

काठमाडाैँ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।

सोमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।

बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ।

यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावाटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत् आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ।

कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी ३ वटा आयोजना निर्माण भइरहेको छ।

साथै, कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा छ।

कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु वर्ष प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ छ।
कम्पनीले ०७५।७६ मा १०.५४ प्रतिशत र ०७६।७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ भने कम्पनीले आगामी वर्ष पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ।

साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ।

यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ। साधारण सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्रीका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सन् राइज क्यापिटल लिमिटेड रहेको छ।
उक्त सीइडीबीको साधारण सेयर निष्कासन बन्द छिटोमा वैशाख २१ गतेसम्म रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?