
काठमाडौँ – एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फन्डको इकाइ तेस्रो दिनमै बिक्री भएको छ।
क्यापिटलका अनुसार तेस्रो दिनसम्म ५६ हजार १ सय २ आवेदकबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ।
क्यापिटलले वैशाख १३ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो।
फन्डले १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट बैंकलाई सुरक्षित गरी बाँकी इकाइ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। उक्त फन्डमा न्यूनतम सयदेखि १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ।