नबिल बैंक र युनाइटेड फाइनान्सबीच सम्झौता

नबिल बैंक र युनाइटेड फाइनान्सबीच सम्झौता
+
-

काठमाडौं – नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने भएको छ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा शुक्रबार सम्झौता गरेको हो।

बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनीषकुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र सञ्चालक समिति पनि नबिल बैंककै रहने गरी सम्झौता भएको छ।
उक्त सम्झौतापश्चात् प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइनेछ र समयमै स्वीकृति पाएमा यथाशीघ्र संयुक्त कारोवार नबिल बैंकले गर्नेछ।

सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १४७ हुनेछ।

नबिल बैंकको काठमाडौं उपत्यकाभित्र मात्र शाखा सञ्जाल वृद्धि भई ३७ हुनेछ । एटीएम संख्या भने १९० हुनेछ। चैत मसान्तको वित्तीय विवरणअनुसार निक्षेपको अंक २१६ अर्ब हुनेछ भने कर्जाको अंक २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अंक २ खर्बभन्दा माथि हुनेछ।

नबिल बैंकले मर्जर तथा प्राप्ति प्रक्रियामा जान पहिलो पटक यस वर्षको साधारणसभाबाट पारित गरेको थियो र सोही वर्ष नै प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ।

यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुनेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?