
झापा – झापामा सोमबारदेखि आंशिक निषेधाज्ञा लागू भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरेर सोमबार (आज)देखि आंशिक निषेधाज्ञा लागू गर्ने जनाएको हो।
सोमबार बिहानदेखि सवारी साधनको आवागमन धेरै पातलो छ। जिल्ला प्रशासन कार्यालयले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चल्न दिने जनाएको हो।
त्यस्तै औषधि बिक्रीबाहेकका अन्य पसल बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला राख्न जिल्ला प्रशासन कार्यालयको आदेश छ।
चोक/चोक प्रहरीले चेकजाँचलाई कडा बनाएका छन्। जोर/बिजोर प्रणाली खाद्यान्न, तरकारी तथा औषधि ढुवानी बाहेकका सबैखाले सवारी साधनमा लागू गरिएको छ।
आंशिक निषेधाज्ञामा झापा