
काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमणलाई लिएर आतंकित नहुन आग्रह गरेका छन्। उनले महामारीले कसैलाई पनि नछोड्ने चेतावनी दिदै उनले यसमा लापरवाही नगर्न आग्रह गरेका छन्।
उनले गत वर्ष नागरिक तहबाट लापरवाही भएकाले संक्रमण तीब्र भएको दाबी गरेका छन्। उनले संयमता अपउनुपर्ने र धैर्य गर्नुपर्नेमा जोड दिए।
साबुपानीले हात धुन, घरमै बस्न, घरबाट बाहिर निस्कन परेमा अनिवार्य र सही तरिकाले मास्क लगाउन, भोजभतेर घरमै गर्न, हल्लाबाट टाढै रहन पनि प्रधानमन्त्रीले सम्बोधनमा आग्रह गरेका छन्।
ओलीले महामारी नियन्त्रणका कदममा सबैका साथ मिल्ने अपेक्षा पनि गरे। चिकित्सक, स्वास्थ्यकर्मी, सफाईकर्मीलगायतलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।