
बुटवल– बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरूवात गरेको छ।
उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्ने उपमहानगर प्रमुख शिवराज सुवेदीले जनाए।
उनले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुने गरी व्यवस्था मिलाइएको बताए।
पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ।