पत्रकारका राजनीतिक हेल्मेट

पत्रकारका राजनीतिक हेल्मेट
+
-

सामान्यतया संविधानमा ‘वाक स्वतन्त्रता’को प्रावधान भएअनुरूप त्यसको यावत् आयाम, सदुपयोग, दुरुपयोग अनि सार्थकताबारे सत्य, तथ्यमा आधारित संवाद गर्ने उद्देश्यले पत्रपत्रिकाहरू संस्थागत गरिएको हुन्छ।

नेपालमा वाक स्वतन्त्रता र संवादको सबैभन्दा विकृत स्वरूप प्रस्तुत गर्ने दुईवटा प्रमुख अंशियारमा राजनीतिक व्यवसायी पत्रपत्रिकाका सबै पत्रकार पर्छन्। किनभने तिनीहरूको संवाद एकतर्फी हुन्छ।

त्यसैबीच, हराएको पक्ष– अंशियारचाहिँ जनता हो। जनताको वाक स्वतन्त्रतालाई कसरी बुझ्ने गरिएको छ, त्यसको सामान्य संवाद विरलै सुनिन्छ।

भर्खरै मात्र सेयर कास्ट नेपालले राज्यका सातवटै प्रदेशबाट जनताको राय, विचार, मत बुझ्ने क्रममा करिब ५ हजार घरको सबैसँग नतिजा प्रकाशन ग र्‍ याे ।

जसअनुसार करिब दुई तिहाइ जनताले देशका राजनीतिक नेतालाई विश्वास गर्दैनन्। त्यसरी नै सर्वेक्षकअनुसार १२ प्रतिशतले मात्रै पत्रपत्रिकालाई विश्वास गर्ने भेटियो।
अर्थात् आमजनताले नेपालको वाक स्वतन्त्रतालाई राजनीतिकर्मी र पत्रकारको वाक स्वच्छन्दता मात्रै ठानेर तिनीहरूको बकवासपूर्ण रागलाई विश्वास गर्न सकेनन्।

नेपाली अखबार किन किन्ने र पढ्ने?

त्यसो त नेपालमा मात्र नभई संसारभरि नै अखबार किन्ने र पढ्नेको संख्या घट्दै गएको छ, त्यसका आ—आफैँका कहर छन्।

नेपालजस्तै विकासोन्मुख यी देशमा अखबार किन्ने र पढ्नेको संख्या घट्दै जाँदा अखबारका मालिकहरू सधैँ तनावमा हुन्छन् किनभने अधिकांश खबर पत्रिका भने पनि उद्योग नै मानिन्छन्।

तसर्थ अखबारमालिकहरू आ—आफ्नो आय आर्जनमा कुनै पनि आँच नपुगोस् भनेर नै सरकारसँगको सम्बन्ध बिर्गान चाहँदैनन्। खासगरी, नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै समाचार पत्रपत्रिकाका सम्पादक महोदयहरू पनि परिवर्तन हुने गर्छन्।

फेरबदल नभएकाहरूले आ—आफ्नो राग बदल्छन् अथवा पुरानो हेल्मेट राखेर नयाँ हेल्मेट पहिरिन लाज मान्दैनन्।

वास्तवमा ०६२–६३ पछि नेपाली पत्रपत्रिका विधि, पद्धति, नीतिभन्दा पनि राजनीतिक भीड र व्यक्ति विशेषलाई देवत्वकरण गर्दै गयो। फलस्वरूप अहिलेका पत्रपत्रिकालगायत तीसँगै आबद्ध पत्रकार महोदयहरू दलीय झन्डा मात्र नसमातेर व्यक्ति–व्यक्तिको घर दैलोको परिक्रमा गर्दै समाचार एवं मन्तव्य दिने प्रथाको सुरुवात गर्न थाले।

फलस्वरूप जनताबाट विमुख हुने क्रममा पत्रकारले व्यक्ति विशेषको अति व्याख्या त गरे गरे, त्यतिले नपुगेर तिनीहरूबाट प्रेषित वा प्रसारित कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समस्या अपूर्ण, पक्षपाती एवं स्वार्थी नियतले अभिप्रेरित देखियो।

नारा जतिसुकै आकर्षक बनाए पनि नेपाली अखबार र राजनीति दुवैथरीलाई जनताले विश्वास गर्न आधार तयार नै भएन। किनभने अखबार कागजहरूले ‘असतोमा सद्गमय’को बाटो नै बिर्सिसकेको देखिन्छ।

दृष्टान्त १ — चैत महिनामा बीबीसीमा बेइजिङ, चीनस्थित संवाददाता जोन सुडवर्थले बेजिङमा काम गर्न नसक्ने स्थिति भएको भन्दै ताइवान सर्ने निर्णय गरे।

त्यो विषयलाई कैयन नेपाली अखबारले सायद कुनै महत्व देखेनन् वा पत्तै पाएनन्, त्यतापट्टि नजाऔँ। तर, ज–जसले समाचार बनाए त्योचाहिँ अत्यन्त अपुट र एकांकी थियो।
अर्थात् ती पत्रकारले के भारतले चीन छाड्नुपरेको थियो। त्यसको विषयमा एक शब्द पनि खर्च नगरी बरु उल्टै चीन सरकारको पूरा वक्तव्य छाप्न पुग्यो।
देशको नम्बरी अखबारको नियत दयनीय देखिन्थ्यो।

दृष्टान्त २ —अहिले बर्मा (म्यमनमार) मा सैनिकले प्रजातन्त्रको पुनर्हत्या गरेपछि सारा संसारको आवाज एकातिर छ भने नेपालका एक जना कम्युनिष्ट नेताकै बकवास यस्तो थियो— ‘चीन छिराउन गर्ने अमेरिकी षड्यन्त्र र त्यस्तै निकृष्ट भनाइसमेत छाप्दै थिए, नेपाली अखबार।

अनि जनताले दुःख गरेको पैसाले त्यस्तो अखबार किन किन्ने?

दृष्टान्त ३ — नेपाली अखबार र पत्रिकाले प्रायः नछुने शक्ति नेपाली सेना हो। ०४५—४६ भन्दा अगाडि सलामी र मलामीमा व्यस्त हुने नेपाली सेना अहिले देशको सबैभन्दा शक्तिशाली ठेकेदार कम्पनीमा दर्ता त नभनौँ, परिवर्तन भएको छ।

यो कम्पनी यति शक्तिशाली छ कि विगत १५ वर्ष सबैभन्दा बढी बेरुजु त्यसको नाममा छ।

भर्खरै मात्र प्रतिनिधिसभाको लेखा समितिले तराई जोड्ने, दु्रतमार्गको सुरुङ खन्ने अंशको करिब २०.८ करोड डलरसम्बन्धी ठेक्कापट्टा रोक्ने निर्देशनलाई टेरेन ।
स्मरणीय रहोस्, एक वर्षअगाडि चितवनको माडीस्थित चेपाङ बस्तीमा आगो लगाएर पुरुषार्थ देखाएको नेपाली सेनाउपर कुनै कारबाही भएको सार्वजनिक जानकारीमा आएन । चैत—वैशाखमा देशका कम्तीमा ७५ वटा जिल्लाका वन जंगल डढेलोले सखाप हुँदा नेपाली सेनाले पत्तै पाएन।

सेनाले विकास प्रेम र भौतिक सुरक्षा खिल्ली उडाएको नेपाली अखबारवालाले देख्दैनन्, अब, अहिले कोभिडको महामारीले जनता आतंकित छन्, देशमा जनता सुरक्षित छैनन्, कम्युनिष्ट सरकार ढोका थुनेर उर्दी जारी गर्न व्यस्त छ।

वर्तमान परिस्थितिमा जनताको दुर्दशा, बीभत्स देख्दा, आँखा नरसाउने कोही नहोलान्। किनभने कोभिड—आतंकित र ग्रसित व्यक्तिले सबैभन्दा पहिले भेन्टिलेटर खोज्दा अनि अक्सिजनको सिलिन्डर बोकेझैँ अस्पतालमा डाक्टर खोज्नुपर्ने वर्तमान परिस्थितिको जिम्मेवार कथित कम्युनिष्ट शासक हुन्। देशमा निकम्मा शासकको परिक्रमा गर्नुको सट्टा, सेनाले आमजनता पनि आफ्नो कर्तव्य पारामणता देखाउन सक्नुपथ्र्याे।

त्यसका लागि वर्तमानको संकटपूर्ण घडीमा नेपाली सेनाले आपतकालीन अस्थायी अस्पतालमार्फत देश र जनताको सेवा गर्नुपर्ने हैन र? सेना भनेको अरूले नदेखेको देख्ने प्राणी हुन्, त्यस्तै पत्रकार भनेको अरुले नसोचेको सोच्ने जमात हो। तर, दुर्भाग्य नेपालमा दुवैथरी राजनीतिक चाकडीमा चुर्लुम्म डुबेका छन्, त्यसैले आमनागरिकको विश्वास घट्दै गएको हो।

दलीय समाचार

अहिलेको घडीमा नेपालमा समाचार के हो वा होइन भन्ने नै द्विविधायुक्त छ। किनभने कुनै एउटा दलको व्यक्ति विशेषको दैनिक दिनचर्या किन समाचारको शीर्षक बन्छ? काठमाडौँबाट प्रकाशन हुने पाठकले भेट्ने समाचार यस्ता हुन्।

(१) देशका हजारौँ कम्युनिष्ट नेताबीच पद र कुर्सीका निम्ति झगडा छ।

(२) एउटा वामपन्थी नेताले अर्कोलाई तथानाम गाली गर्‍यो।

(३) अर्को नेताले तेस्रो नेताको धज्जी उडायो।

(४) फलानो नेता अर्को फलानो नेताको घरमा ज्युनार गर्नुभयो?

मानौँ ती अमुक व्यक्तिको दिनचर्याबाहेक देशमा अरु केही भएकै हैन।

अनि यस्तो विषम पृष्ठभूमिमा कथित मुख्य अखबारहरूको चौथो पृष्ठमा प्रकाशित राय—मन्तव्य र सम्पादकीय झन् पढिनसक्नु हुन्छ। यस्तो लाग्छ कि नेपालमा अब कार्ल माक्र्स लेनिन, स्टालिन माओलगायत सारा अन्तर्राष्ट्रिय सर्वहारीको पुनर्जन्म हुँदै छ।

तिनीहरूले अर्को अलौकिक समाजवाद जसमा विश्वेश्वरप्रसाद कोइरालादेखि मदन भण्डारी अनि प्रचण्ड र विप्लबको खिचडी खाएपछि हिन्दुत्व र जातीयपूर्ण व्यवस्था उन्मूलन हुनेछ।

एक हातले राज्य लुट्छन्, अनि अर्काे हातले त्यही राज्यलाई धारेहात लगाउनेहरू कसरी समाचारका पात्र बन्छन्?

अन्यथा विगत १५ वर्षमा नेपाली अखबार कागजहरूले एउटा पनि कमरेडले भ्रष्टाचार गरेको अलिकति पनि खोजतलासपूर्ण समाचार छाप्ने कोसिस गरेको भए वामपन्थी झण्डा ओढ्नेबित्तिकै दण्ड जरिवानामुक्त हुने थिएनन्।

तर, राजनीति र पत्रकार हुनुको सहगोत्रीय भाइचारा सम्बन्धको ओखती त्यही भ्रष्टाचार नै हो।

त्यसैले आज कथित चौथो अंग स्वयं सरकारी मुखपत्र बन्ने होडमा छन्।

वासिंगटन पोस्टमा लेखिएको वाक्यांश ‘प्रजातन्त्र अन्धकारमा मर्छ (डेमोक्रेसी डाइड इन डार्कनेस) र गोरखापत्रको पुरानो हरफ सर्वे भवन्तु सुखिन….’ सिद्धान्त्त गम्भीर हुन्। परन्तु गोरखापत्रको सन्देशप्रति कति अन्यायमै राखेको होला, त्यसको अन्दाज गर्न सकिँदैन।

नारा जतिसुकै आकर्षक बनाए पनि नेपाली अखबार र राजनीति दुवैथरीलाई जनताले विश्वास गर्न आधार तयार नै भएन। किनभने अखबार कागजहरूले ‘असतोमा सद्गमय’को बाटो नै बिर्सिसकेको देखिन्छ।

व्यक्ति विशेषको डम्फु फुक्दै स्तुति गाएर अनि खुर्सानीको धुप बाल्दा क्षणिक आनन्द त आउला तर त्यो बाटो सत्यको होइन। पत्रकारहरूले राजनीतिक टोपी लगाएर राजनीति गर्नेहरूकै परिक्रमा गर्ने परिपाटी अन्त्य नगरेसम्म आमनागरिकले तिनीहरूलाई विश्वास गर्न सक्दैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?