संक्रमित बोक्न तिलोत्तमाका नगरप्रमुख-उपप्रमुखले दिए आफू चढ्ने गाडी

संक्रमित बोक्न तिलोत्तमाका नगरप्रमुख-उपप्रमुखले दिए आफू चढ्ने गाडी
+
-

बुटवल – कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स अभाव भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले आफू चढ्ने गाडी दिएका छन्।

नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्न दिएका हुन्।

तिलोत्तमा नगरपालिकाका दुई वटा एम्बुलेन्स र नगर प्रमुखरउप-प्रमुखले चढ्ने दुई गाडी समेत गरी चार वटा गाडीले तिलोत्तमाका कोरोना संक्रमित बिरामीलाई अस्पताल लैजाने छन्।

छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेका गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याएको नगर प्रमुख घिमिरेले बताए।

प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन्।

‘हामीले जनताकैं काम गर्न जनताकै करले किनेका गाडी चढेका हौं । अहिले परिस्थिति असामान्य छ । कोरोनाका बिरामीलाई जोकोहीले बोक्न मान्दैनन् । यसैले जनताकैं सम्पत्ति जनताकैं सेवामा लगाउने निष्कर्षमा पुगेका हौं ।’ नगर प्रमुख घिमिरेले भने, ‘केही दिन हामी साईकलैं चढेर हिँडे पनि फरक पर्दैन । सवारीसाधनको अभावमा समयमैं अस्पताल वा आइसोलेशनमा पुर्याउन नपाउँदा कुनै नगरबासीको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’

कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उप—प्रमुख चौधरीले बताइन्।

यी सवारीसाधनले मूलतः नगरपालिका भित्रका कोरोना संक्रमितलाई घरबाट अस्पताल वा आइसोलेशन तथा अस्पताल वा आइसोलेशनबाट बिरामीको घरसम्म पुर्याउनेछन्।

तिलोत्तमा नगरपालिकामा सक्रिय संक्रमितको संख्या झण्डै १३ सय पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?