
देश सञ्चार
बैशाख २४, २०७८

अ
+
अ
अ
-
काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग करिव ५० मिनेट छलफल गरेका छन्।
उनीहरुबीच पछिल्लो राजनीति विषयलाई लिएर छलफल चलेको थियो। देउवा निवास बुढानिलकन्ठमा उनीहरुको छलफल भएको हो। त्यसअघि प्रचण्डले सभामुख अग्नी सापकोटालाई भेटेका थिए।

