
काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद् बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सदस्यहरुलाई अनुरोध गरेका छन् ।
उनले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने उद्देश्यका साथ डाकेको बैठकमा सामेल नहुन संवैधानिक परिषद्का सदस्यहरुलाई अनुरोध गरेका हुन्।
प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
यो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नजाने निर्णयमा पुगिसकेका छन्। प्रचण्डको विज्ञप्ती यस्तो छ।
प्रेस वक्तव्य
सविधानको मर्म र भावना विपरित सवैधानिक निकायहरुलाई निरकुशताको मतियार वनाउने गलत मनसाय सहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको छ । यसै सन्दर्भमा लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः सवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्दै छ। प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै सवैधानिक सरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन सवैधानिक परिषद्का सवै सदस्यहरुसंग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।
२५ वैशाख, २०७ पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष