अक्सिजन आपूर्तिमा सहयोग गर्न एनआरएनए अस्ट्रेलियाद्वारा राहत संकलन अभियान सुरु

अक्सिजन आपूर्तिमा सहयोग गर्न एनआरएनए अस्ट्रेलियाद्वारा राहत संकलन अभियान सुरु
+
-

सिड्नी– नेपालमा देखिएको कोरोना कहरको दोस्रो लहरलाई मध्यनजर गर्दै गैरआवासीय संघ अस्ट्रेलियाले आर्थिक राहत सङ्कलन अभियान सुरु गरेको छ। नेपालका सरकारी अस्पतालमा देखिएको अक्सिजनको कमीलाई केही मात्रामा सघाउ पुर्‍याउने उद्देश्यले सो सहयोग संकलन अभियान सुरु गरिएको हो।

हफ्ता दिनभित्र करिब एक करोड रुपैयाँ सङ्कलन गर्ने उद्देश्यका साथ अस्ट्रेलियामा रहेका विभिन्न सामुदायिक संघसंस्थाहरूको सहकार्यमा राहत सङ्कलन अभियान थालनी गरिएको गैरआवासीय संघ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए।

केशव कँडेल।

‘कोरोना महामारीको भयावहस्थितिलाई मध्यनजर गर्दै नेपाललाई सहयोग गर्नु हाम्रो दायित्व सम्झेका छौँ। यो अभियान त्यही दायित्वको एउटा हिस्सा मात्र हो। आशा गरौँ यसले केही मात्रामा भए पनि कोरोना विरुद्धको अभियानमा सघाउ पुर्‍याउने छ। यो विपद्‍मा नेतृत्वमा रहेका मानिसले लापरवाही नगरिकन सरकारले जारी गरेका नियमहरू पालना गरुन् र त्यसपछि जनतालाई पनि कडाइका साथ नियम पालना गर्न आह्वान गरुन्,’ अध्यक्ष कँडेलले कुराकानीका क्रममा भने।

‘डाइसेक्टिङ द कोभिड–१९ प्यान्डेमिक’ पुस्तकका सहलेखक तथा सञ्चारविज्ञ डा. भरत राज पौडेलले अस्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया र सिंगापुरले लागू गरेको कोभिड नीतिबाट नेपालले धेरै कुराहरू सिक्न जरुरी रहेको बताए।

‘सरकार कोरोना नियन्त्रणमा भन्दा पनि सत्ताको चलखेलमा बढी व्यस्त देखिनु हाम्रा लागि दुःखद् कुरा हो। मिडियाले पनि यस विषम परिस्थितिमा सत्ताका जोडघटाउ सम्बन्धी समाचारलाई भन्दा मानवीय जोखिमका समाचारलाई प्राथमिकता दिनु प्रमुख दायित्व बन्दछ। यस्तो नहुनुले पनि हामी कोरोना महामारीप्रति गम्भीर नरहेको पुष्टि गर्दछ। विश्वभर फैलिएको एनआरएनले यस विषम परिस्थितिमा एकताबद्ध भएर मातृभूमिको सहयोगका लागि एकजुट हुनुको विकल्प छैन,’ डा. पौडेलले भने।

डा. भरत राज पौड‍ेल।

‘आप्रवासी नेपालीको मुख्य दायित्व भनेको नेपालका सरकारी अस्पतालमा सहयोग बढाउनका लागि आवश्यक सरसामान छिटोभन्दा छिटो उपलब्ध गराउन कदम चाल्नु पर्दछ। डाक्टर, नर्स र स्वयंसेवकको व्यवस्थित बीमासँगै एउटै च्यानलबाट खर्च गर्ने व्यवस्था बनाउनका लागि विश्वभरका एनआरएनहरू नेपालका सरकारी अस्पतालहरूलाई कोभिड–१९ बिरूद्द साधनश्रोत सम्पन्न बनाउनतिर लाग्नुपर्दछ,’ डा. पौडेलले थपे ।

सहयोगी दाताहरूलाई एनआरएनए अस्ट्रेलियाले आफ्नो खातामा वा गोफण्डमार्फत् सहयोग रकम जम्मा गर्न पनि गैरआवासीय संघ अस्ट्रेलियाले अपिल गरेको छ।

‘दोश्रो लहरका कारण नेपालमा दिनहुँ सङ्क्रमितको सङ्ख्या ९ हजारदेखि १० हजार पुगेको छ। यस्तो अवस्थामा नेपाल भारतभन्दा पनि गम्भीर अवस्थामा पुग्ने सङ्केत देखिएका छन्। एक लाख मानिसहरूका लागि करिब ०.७ जना मात्र फिजिसियन रहेको नेपालमा आइसियु तथा बेडहरूको कमीलाई मध्यनजर गर्दै गम्भीर बिरामीलाई चाहिने अत्यावश्यक वस्तुमध्ये एक अक्सिन सिलिण्डर किनेर सरकारी अस्पतालमा पुर्‍याउनु हाम्रो दायित्व हो,’ एनआरएनए अस्ट्रेलियाले सार्वजनिक गरेको अपीलमा उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?