टेकु अस्पतालमा कोरोना संक्रमितको भुइँमै उपचार

टेकु अस्पतालमा कोरोना संक्रमितको भुइँमै उपचार
+
-

काठमाडौँ- सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमा भुइँमै संक्रमितको उपचार भइरहेको छ।

आइतबार अस्पताल परिसर पुग्दा २९ जना संक्रमितको भुइँमै उपचार भइरहेको थियो। तीमध्ये अस्पतालले १० जना गम्भीर संक्रमितलाई अक्सिजन दिइरहेको थियो।

उनीहरुले बल्लतल्ल अक्सिजन त पाएका थिए तर भुइँमा, कुर्सीमा र बेञ्जमा बसेर। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार अस्पतालका वार्ड र आईसीयु भरिएपछि उपचारका लागि आएका संक्रमितलाई अस्पतालको प्राङ्गणमै राखेर उपचार गरिरहेको बताए।

उनले यो आफ्नो अस्पतालको बाध्यता भएको र यसको विकल्प पनि नभएको समेत बताए। हाल अस्पतालको आईसीयुमा २४ जना कोरोना संक्रमितका बिरामी छन्।

जनरल वार्डमा ३३ जना संक्रमित भर्ना भएका छन्। भण्डारीले बिरामीको चाप बढेकाले भोलि र पर्सिसम्म अस्पतालकै प्राङ्गणमा १० बेड सञ्चालनमा ल्याउने बताए।

अस्पतालमा अक्सिजन आपूर्ति गर्न पनि हम्मेहम्मे परेको उनले सुनाए। अब संक्रमितलाई थोरै मात्रै अक्सिजन मात्रै दिन सक्ने अवस्थामा अस्पताल रहेको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?