
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको मतदानमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले पार्टी ह्वीप उल्लंघन गरेका छन्।
उनीहरु आइतबार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतदानमा तटस्थ बसेका हुन्।
यसअघि बिहानको आफ्नो बैठकको निर्णयका आधारमा उनीहरु अनुपस्थित भएका हुन्।
सांसद कलिला खातुन संसद भवन पुगेर फर्किएकी थिइन्। पार्टी प्रमुख सचेतक डा. विशाल भट्टराईले सोमबारको संसदमा अनिर्वाय उपस्थित हुन ह्वीप जारी गरेका थिए।
यी हुन्, एमालेको ह्वीप उल्लंघन गर्ने २८ सांसदः
१. झलनाथ खनाल
२. माधव नेपाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. योगेश भट्टराई
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं .कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने