‘मरता क्या न करता’ को मुडमा माधव नेपाल पक्ष

‘मरता क्या न करता’ को मुडमा माधव नेपाल पक्ष
+
-

काठमाडौँ- संसदमा ‘विश्वासको मत’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्न निर्णायक भूमिका खेलेको नेकपा एमाले माधवकुमार नेपाल पक्षले अब सामूहिक रुपमा संसद सदस्यता त्याग्ने तयारी गरेको छ।

राजीनामा नगरेको खण्डमा आफ्ना सांसदहरुको भाग्य फैसलाको निधो गर्ने अधिकार ओलीको हातमा पुग्ने आँकलन गर्दै नेपाल पक्षका कम्तीमा २० जना सांसदले  राजीनामा गर्ने मुड बनाएको यो पक्ष भित्रको एक स्रोतले बतायो।

राजीनामा गर्ने या संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गत विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्नेबारे भएको छलफलमा यदि संसद सदस्यता त्याग गर्नाले ओली रोकिने र अर्को कोही व्यक्ति प्रधानमन्त्री बन्ने निश्चित भएमा पहिलो विकल्प नै रोज्ने तयारी यो पक्षले गरेको स्रोतले बताएको छ।

‘हामी कुनै पनि हालतमा ओलीलाई रोक्न प्रतिवद्ध छौँ। परिआएमा कुनै पनि विकल्प रोज्न सक्छौँ। एकदम बाध्यात्मक परिस्थितिमा अर्को पक्षलाई मत हाल्न परे पनि तयार हुनुपर्ने अवस्था आएको छ,’ स्रोतले भन्यो।

यो पक्षले हाल आएर आफूहरुले राजीनमा नदिएमा वा अर्को पक्षलाई मत नहालेमा ओली संसद विघटन गरेर चुनावमा जाने निश्चित भएको दाबी गरेको छ।

सांसद नभए पनि छलफलहरुमा तीब्र रुपमा भाग लिइरहेको र आफ्ना सल्लाह सुझाव दिइरहेका यो पक्षका नेता युवराज ज्ञवालीले पनि त्यसको संकेत गरेका छन्।

ओलीले अब जसरी पनि संसद विघटन गर्ने र कोरोना महामारीका बेला चुनावमा जाने नीति लिएकाले संविधान बचाउन आफू पक्षीय सांसदहरुले सबैभन्दा उपयुक्त विकल्प रोज्ने उनले बताए। उत्तम विकल्प राजीनामा हो? भन्ने प्रश्नको जवाफ भने उनले स्पष्टरुपमा दिन चाहेनन्।

उनले भने,‘ ओली यो मुलुकको संविधान नै ध्वस्त पार्ने तयारीमा लाग्नु भएको छ। संविधान बचाउने हामी मात्रै होइन सबै दलहरुको उत्तिकै दायित्व छ। त्यसमा हाम्रो भूमिका पनि कठोर हुन्छ। अब चुप लागेर बस्ने समय सकियो।’

यही पक्षका नेता घनश्याम भुसालले बुधबार बिहानै सामाजिक सञ्जालमा ओली संसद विघटनको तयारीमा लागेको दाबी गरेका छन्। उनले भनेका छन्,‘ हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ। आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

उनले ओलीसँग अब आत्मसमर्पण गर्न नसकिने पनि स्पष्ट पारेका छन्। त्यसमा अगाडि भनेका छन्,‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३(२) अन्तर्गत सरकार गठन गर्न दिएको भाका सकिन केही घण्टा बाँकी छदा पर्दापछाडिका खेल, तिगडम र षड्यन्त्रले राजनीति दोहोर्‍याउने देखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७३(२) अन्तर्गत सरकार गठन गर्न दिएको भाका सकिन केही घण्टा बाँकी छदा पर्दापछाडिका खेल, तिगडम र षड्यन्त्रले राजनीति दोहोर्‍याउने देखिएको छ।

सोमबार रातीदेखि अहिलेसम्म सम्पन्न ओली पक्ष र विपक्षका खुल्ला बैठकहरुले आफ्ना पक्षका उम्मेदवारको नाम निर्धारण गर्न सकेको छैन।जितको सुनिश्चितता नभई त्यसो नगरिएको दुवै पक्षका नेताहरुले बताएका छन्।

अन्तिम समयमा आफ्नो रणनीति उजागर गर्दै एक अर्को पक्षलाई मात गर्ने राजनीतिमा लागेकाले राष्ट्रपतिद्वारा निर्धारित समयसम्म कुर्ने उनीहरुको योजना छ।

नेपाली कांग्रेसका सभापति तथा जित सुनिश्चित देखिएको खण्डमा प्रधानमन्त्री पदका उम्मेदवार बन्न तयार शेरबहादुर देउवाले ओलीका रणनीतिलाई पूर्णरुपमा पराजित गर्न माधवकुमार नेपाल पक्षलाई राजीनामा गर्न या आफूलाई समर्थन गर्न आग्रह गरेका छन् यो बीचमा।

गोप्यरुपमा देउवाले राजीनामा गर्ने ती सबै सदस्यहरुविरुद्ध आउँदो चुनावमा नेकपा (माओवादी केन्द्र) र आफ्नो पार्टीले उम्मेदार खडा नगर्ने र उनीहरुलाई समर्थन गर्ने आश्वासन दिएको बुझिएको छ।

‘हामीले माओवादी, जसपा र माधवकुमार नेपाल पक्षसँग नयाँ सरकार निर्धारण र सरकार सञ्चालनमा मिलेर जान आग्रह गरेका छौँ,’ काँग्रेसका नेता प्रकाश शरण महतले देशसञ्चारसँग भने।

विश्वासको मतकै अघिल्लो दिन माधवकुमार नेपाललगायतका केही सांसदहरु सामूहिक राजीनाको पक्षमा भए पनि बहुमत सदस्यहरुले त्यो हदसम्म नगई पार्टी ह्वीप उल्लंघन गर्दै मतदानमा तटस्थ बस्ने निर्णय गरेका थिए।

उनीहरुले ओलीलाई समर्थन गरेको भए महन्थ ठाकुर समर्थक जसपाका १५ जना सदस्यसहितको समर्थनमा ओलीको जित निश्चित थियो। ओलीले १३६ मत हासिल गर्ने थिए।

तर ह्वीप अवज्ञा गरिसकेको अवस्थामा अब उनीहरुलाई कहिले, कसरी दण्डित गर्ने त्यो ओलीले आफूलाई कसरी सबैभन्दा बढी फाइदा पुग्छ त्यो हिसावले गर्ने देखेपछि संविधानको धारा ७६ (२) को भाका समाप्त हुनुपूर्व नै उनीहरुले राजीनामा गर्ने तयारी गरेका छन्। राजीनामा गरेमा संसदको प्रभावी संख्या घट्ने र त्यसको ५१ प्रतिशत समर्थन जोहो गरेमा ओली रोकिने र देउवा प्रधानमन्त्री बन्ने सुनिश्चित हुनेछ।

ओलीलाई निर्णय गर्ने अवसर मिलेमा उनले नेपाल पक्षलाई संसदमा मतदानसम्म निलम्बनमा राखी देउवालाई कमसेकम ५१ प्रतिशत अर्थात १३६ को समर्थन खोज्न बाध्य बनाउने नीति लिने यो पक्षले बुझेको छ।

ओलीलाई घाइते छोड्नु अर्को काल निम्ताउनु हो भन्ने बुझेका नेपाल पक्षले आफै राजीनामा दिएर ओलीको सम्भावना सिध्याउने खेलमा रहेको स्रोतको भनाई छ।

संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गत सरकार बन्न नसके सबैभन्दा ठूलो दलको नेताका रुपमा ओलीलाई धारा ७६ को उपधारा (३) अन्तर्गत सरकार बनाउन राष्ट्रपतिले दलहरुलाई आह्वान गर्ने निश्चित भएको आँकलन ओली विरोधी खेमाले गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?