एड्भान्स्ड इन्जिनियरिङ कलेजको अन्तरसञ्जाल सम्मेलन सम्पन्न

एड्भान्स्ड इन्जिनियरिङ कलेजको अन्तरसञ्जाल सम्मेलन सम्पन्न
+
-

काठमाडौँ – एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनी दूतावास तथा गोथे जेन्ट्रम काठमाडौँसँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सम्पन्न गरेको छ।

जर्मनीका विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित उक्त अन्तरसञ्जाल सम्मेलनको जुम र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफर उक्त सम्मेलनका प्रमुख आकर्षण थिए।

गोथे जेन्ट्रम काठमाडौँका निर्देशक विज्ञ सेबस्टेन वैस्टेक, भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले सम्मेलन सञ्चालनमा योगदान दिएका थिए। उक्त अन्तरक्रियात्मक सम्मेलनको सहजीकरण इन्जिनियर सोजन प्रजापतिले गरेका थिए।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट परिवारप्रति कृतज्ञता व्यक्त गर्दै कोभिड महामारीको दोस्रो लहरले नेपालमा पारिरहेको असरबारे चासो व्यक्त गरे।

राजदूत स्याफरले यस्ता संकटका बेला जर्मनी तथा युरोपेली युनियनले नेपालाई सहयोग गरिरहने बताए। इन्जिनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण उपलब्ध गराउने उपयुक्त गतिमा रहेको नेपालप्रति राजदूत स्याफरले प्रसन्नता व्यक्त गरे।

‘म भविष्यमा सीपयुक्त इन्जिनियरहरू देख्न इच्छुक छु। अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्छौं’, राजदूत स्याफरले भने ।

गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले संस्थाको नाम गोथे रहनुका पछाडिको छोटो इतिहास प्रस्तुत गर्दै यसले राष्ट्रको विविधतापूर्ण संस्कृति र कलालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा चर्चा गरे।

गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा भाग रहेको निर्देशक वैस्टेकले बताए। गोथे जेन्ट्रमसँग विश्वभरिका विज्ञहरूको सीपयुक्त समूह रहेको पनि उनले जिकिर गरे।

गोथे जेन्ट्रम काठमाडौंका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन तथा संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले संयुक्त रूपमा जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक् सभ्यता तथा त्यहाँको समृद्ध भाषाबारे कलात्मक प्रस्तुति दिएका थिए।

एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले संस्थालाई राजदूत स्याफरद्वारा प्रदान गरिएको मूल्यवान् समयको सराहना गरे।

आफ्नो जर्मनीको यात्रा अनुभवबारे संक्षिप्त चर्चा गर्दै सिलवालले जर्मन भाषाको महत्त्वबारे पनि उल्लेख गरे। यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्र नभई सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने उनको धारणा थियो।

जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर पूरा गरेका उत्साही इन्जिनियर सोजन प्रजापतिले उक्त सम्मेलनको सहजीकरण गरेका थिए।

सम्मेलनमा प्रजापतिले यादगार क्षणको स्मरण गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षाले आफ्नो जीवनमा पु¥याएको महत्त्वपूर्ण योगदानको समेत चर्चा गरेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?