
काठमाडौँ-प्रधामन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको धम्की दिएका छन्।
उनले शुक्रबार बालुवाटारमा पत्रकारसम्मेलनमा आफू संविधानको धारा ७६ को उपधारा(५) अनुसार पुनः प्रधानमन्त्री बन्ने योजनामा रहेको उनले खुलाए।
त्यसक्रममा संसद बचाउने भए आफूलाई समर्थन गर्न दलहरुलाई उनले धम्की दिएका हुन्। उनले भने, ‘आफूले सरकार बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु। प्रतिनिधिसभालाई जोगाऔँ भन्ने नै मेरो उद्देश्य हो।’
यो सँगै आफू मुलुकलाई चुनावमा लैजान आफूलाई मन नभएको बताए।चुनवमै मुलुक गयो भने पनि आकाश नखस्ने उनको भनाई छ। चुनाव भएमा शान्तिपूर्ण बनाउने काम आफूहरुकै भएको उनको भनाई छ।