
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिबीचको अर्काे मिलोमतो भएको छ। बिहीबार ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार सरकार निर्माणका लागि आव्हान गरेकी थिइन्।
तर त्यसको भोलीपल्ट जिम्मेवारी बिहिन सात मन्त्रालयको जिम्मेवारी ओलीलाई तोकिएको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ। एक विज्ञप्ती जारी गर्दै कार्यालयले सर्वोेच्च अदालतले रोक लगाएलगत्तै मन्त्रीबिहिन भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई तोकेको हो।